काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टी भित्र देखिएका समस्याहरुलाई समाधान गर्न प्रधानमन्त्री ओलीले पहल गर्नु सकारात्मक भएको बताएका छन् ।
आज बिहान प्रधानमन्त्रीसंगको भेटघाट पछि सामाजिक संजालमा फेसबुकमा मन्त्री भट्टराईले भेटमा सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउनुपर्ने, अहिले पार्टीमा देखिएको अन्तरविरोधको समाधानको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको उल्लेख गरेका छन् ।
उनले अगाडी थपेका छन्–‘इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा सुदृढ र एकताबद्ध बनाउन र विश्वासको संकटलाई अन्त्य गरि हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रधानमन्त्रीलाई सबैले सुझाव दिएका छौं ।
उनले प्रोक्सी वार बन्द गर्न आग्रह गर्दै सबै चिज सकारात्मक दिशामा जाने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०७७, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेवा खोलामा निर्माणाधीन बेलिब्रिजको बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग
'संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ' : योगेश भट्टराई
भैरहवा एयरपोर्ट छानबिन समितिमा बस्दिनँ’: योगेश भट्टराई
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई