काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टी भित्र देखिएका समस्याहरुलाई समाधान गर्न प्रधानमन्त्री ओलीले पहल गर्नु सकारात्मक भएको बताएका छन् ।
आज बिहान प्रधानमन्त्रीसंगको भेटघाट पछि सामाजिक संजालमा फेसबुकमा मन्त्री भट्टराईले भेटमा सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउनुपर्ने, अहिले पार्टीमा देखिएको अन्तरविरोधको समाधानको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको उल्लेख गरेका छन् ।
उनले अगाडी थपेका छन्–‘इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा सुदृढ र एकताबद्ध बनाउन र विश्वासको संकटलाई अन्त्य गरि हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रधानमन्त्रीलाई सबैले सुझाव दिएका छौं ।
उनले प्रोक्सी वार बन्द गर्न आग्रह गर्दै सबै चिज सकारात्मक दिशामा जाने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०७७, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई