चितवन । चितवनका विभिन्न स्वास्थ्य संस्थामा उपचाररत ३ जनामा कोरोना पोजटिभ पुष्टि भएको छ । भरतपुरको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी सामुदायिक अस्पतालका २ जना र सेन्ट्रल अस्पताल भरतपुरमा उपचाररत १ जनामा कोरोना संक्रमण देखिएको अस्पताल श्रोतले जनाएको छ । नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ७ का ६१ वर्षीय पुरुष र १२ वर्षकी एक बालिकामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै सेन्ट्रल अस्पतालमा उपचाररत गोरखा जिल्लाको मनकामना गाँउपालिका बस्ने ३० वर्षको महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०७७, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण