नागरिकता विधेयकको विरोध : महन्थ, उपेन्द्र र बाबुराम पनि सडकमा

मंगलबार, १६ असार २०७७, १५ : २०
नागरिकता विधेयकको विरोध : महन्थ, उपेन्द्र र बाबुराम पनि सडकमा

काठमाडौँ । प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ।

मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए। जनता समाजवादी पार्टीले विवाह गरी विदेशबाट आउने 

महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विधेयकको प्रावधानमा आपत्ति जनाएको छ। २०६३ सालको नागरिकता कानुनले विवाह गरेर आएकी महिलाले चाहेमा नेपालको नागरिकता लिन सक्ने व्यवस्था गरेको थियो। जसपाले सोही व्यवस्थालाई नै अब पनि निरन्तरता दिनु पर्ने माग गरेको हो।