चीनमा भेटियो कोरोना जस्तै नयाँ भाइरस, फैलिए महामारीको रुप लिन सक्ने

एजेन्सी

मंगलबार, १६ असार २०७७, ११ : १६
चीनमा भेटियो कोरोना जस्तै नयाँ भाइरस, फैलिए महामारीको रुप लिन सक्ने

एजेन्सी । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जस्तै चीनमा फेरी नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । 

चीनमा फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन उनीहरुले चेतावनी दिएका छन् । यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् ।

प्रारम्भीक जानकारी अनुसार उक्त भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ । सो भाइरस थप परिवर्तन भएर त्यसपछि मानिसमा सहज रुपमा सर्ने सक्ने  सो भाइरस व्यक्तिबाट अर्को व्यक्ति सर्न सक्ने बताईएको छ । वैज्ञानिकहरुले तत्कालका लागि यो समस्याको विषय नभएपनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड दिएका छन् ।

भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ । सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ । 

प्रतिक्रिया दिनुहोस