भारतीय पूर्व राजदुत भन्छन् : ‘प्रधानमन्त्री ओलीको अभिब्यक्तीले म छक्कै परे’

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०७७, १० : ०४
भारतीय पूर्व राजदुत भन्छन् : ‘प्रधानमन्त्री ओलीको अभिब्यक्तीले म छक्कै परे’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिब्यक्तीले नेपाल भारत सम्बन्ध थप बिग्रने देखिएको छ । भारतले नेपालको भूमिमा एकतर्फी सडक बनाउने देखि हड्प्ने सम्म गर्दै आएको घटनामा नेपालले राष्ट्रिय एकताका साथ प्रतिवाद गरिरहेको बेला प्रधानमन्त्री ओलीले पार्टीभित्रको आफनो आन्तरिक अप्ठयारोलाई पनि भारत देखाएर (राष्ट्रवादी) कार्ड फँयाकेर सरकार जोगाउने अस्त्र बनाउन खोजेपछि देशभित्र र बाहिर पनि ओलीको बोली गै¥ह जिम्मेवारपूर्ण भएको टिप्पणी भईरहेका छन् । 

उनले बालुवाटारको सार्वजनिक कार्यक्रमबाटै भारतीय राज्य संन्यत्र सरकारले नक्सा सार्वजनिक गरेयता आफुलाई हटाउन लागिपरेको खुल्ला आरोप लगाएका थिए । देशभित्रका कुटनीतिज्ञ देखि उनकै पार्टीका नेताहरुले समेत प्रधानमन्त्रीसँग भारतीय राज्य संन्यत्र आफ्नो विरुद्ध लागेको सूचना रहेको भए राजदुतलाई बोलाएर स्पष्टिकरण सोध्ने, फिर्ता पठाउने गर्नुपर्नेमा त्यसो नगरी किन सार्वजनिक खपतका लागि अभिब्यक्ती दिए भनी प्रधानमन्त्रीतिरै प्रश्न तेस्र्याईरहेका छन् । 

यही बोलीले भारतमा पनि तरंग ल्याएको छ । ओलीको बोलीपछि नेपालका लागि भारतका पूर्व राजदुत रञ्जित रे ले पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, म प्रधानमन्त्री ओलीको अभिब्यक्तीले अचम्मित भएको छु, छक्कै परेको छु, उहाँलाई भारत आफ्नो सरकार का विरुद्द लागेको छ भन्ने, लागेको भए राजदुतलाई बोलाएर कुरा गर्न सक्नुहुन्थ्यो, दिल्लीमा सम्र्पक गरेर कुरा राख्न सक्नुहुन्थ्यो, यसरी सार्वजनिक अभिब्यक्ती दिने होइन । उहाँले आफ्नो आन्तरिक समस्या भारततिर देखाएर विषयान्तर गर्न खोजे जस्तो लाग्यो । यो कुटनीतिमा कच्चा खेल हो । 
निश्चय नै भारत सरकार ओली सरकारसँग सन्तुष्ट नहोला ।

तर यसको मतलव अन्य नेपालका नेताले भारतीय स्वार्थमा ओलीलाई हटाउने खेलमा लागेको छन भन्ने ओलीको आरोपमा कुनै सत्यता छैन् । ओलीले यो कार्ड यस्तो बेला फँयाकेका छन्, उनी पार्टीमा कमजोर बनेका छन् । सरकार सञ्चालनमा विवादित बनेका छन् । पार्टीकै नेताहरुले नक्सा सार्वजनिक गर्न आग्रह गर्दा पनि शुरुका दिनमा पहिले भूमि फिर्ता ल्याउने हो, नक्सा सार्वजनिक गर्ने कुरा ठूलो होइन भन्दै आएका ओलीले जेठ २ को सचिवालय बैठकलाई एकपटक स्मरण गरे पुग्छ, नक्सा सार्वजनिक गर्ने अवस्था कसरी आएको थियो भन्ने । 

२ जेठमा सरकारको नीति तथा कार्यक्रम आउदै थियो । सरकारले पार्टीसँग यस विषयमा कुनै छलफल गरेका थिएनन् । सरकारको नीति तथा कार्यक्रम तयार पारिसकेपछि पार्टीमा छलफल नगरेको विषयमा विवाद बढ्न सक्ने ठानी उनले औपचारिकताका लागि मात्र छलफल गर्न खोजे र दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत हुदैं थियो भने बिहान पार्टी सचिवालय बैठक बोलाएका थिए । त्यही बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले लिम्पियाधुरासम्मको नेपाली भूमि समेटेको नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा राख्न भने ।

पार्टीले प्रधानमन्त्रीलाई उक्त काम गर्न निर्देशन दियो । पार्टीको निर्देशन पछि उनले आफुसहित ९ जना नेता रहेको सचिवालय बैठकबाटै मुख्य सचिव लाकेदर्शन रेग्मीलाई टेलिफोन गरी नीति तथा कार्यक्रममा नेपालको नक्सा सार्वजनिक गर्ने विषय उल्लेख गर्न लगाए । त्यसपछि परेको थियो, नीति तथा कार्यक्रममा नक्सा सार्वजनिक गर्ने विषय । तर प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालन स्वेच्छाचारी भएको भन्दै आवाज उठाईरहेका नेताहरुलाई आफुभित्रको संकट टार्नका लागि अहिले भारतीय दुतावाससँग जोडेर नक्कली राष्ट्रियताको कार्ड फँयाकेका छन् ।

यो देखेका नेकपाका एक नेताले भने, बकम्फुसे कुरा प्रधानमन्त्रीले गरेका छन्, आफै सरकारमा बसेर कलाबिहीन नाटक गरेका छन् । दुतावास उनलाई हटाउन लागेको हो भने राजदुत बोलाएर स्पष्टिकरण सोध्ने देखि कारवाही गर्ने तिर लाग्ने की आफ्नै पार्टी नेताहरुलाई समेत मुछेर आक्षेप लगाउने ?
 

प्रतिक्रिया दिनुहोस