Safal Khabar - कोरोना भाइरसको आयुर्वेदिक औषधि भन्दै भ्रम छरेको आरोपमा योगगुरू रामदेवविरूद्ध उजुरी
शुक्रबार, २६ असार २०७७ (Friday, 10 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
कोरोना भाइरसको आयुर्वेदिक औषधि भन्दै भ्रम छरेको आरोपमा योगगुरू रामदेवविरूद्ध उजुरी
सोमबार, १५ असार २०७७, १७ : ०४
कोरोना भाइरसको आयुर्वेदिक औषधि भन्दै भ्रम छरेको आरोपमा योगगुरू रामदेवविरूद्ध उजुरी
फाइल फाेटाे

एजेन्सी ।  कोरोना भाइरसको आयुर्वेदिक औषधि भन्दै भ्रम छरेको आरोपमा योगगुरू रामदेवविरूद्ध उजुरी परेको छ ।

भारतीय समाचारपत्र द हिन्दुका अनुसार मन्त्रालयसँग अनुमति नै नलिइ औषधि बनाएको र भ्रम छरेको भन्दै उनीसहित पाँच जनाविरूद्ध शनिबार ज्योति नगर प्रहरी कार्यालयमा उजुरी परेको हो।

उनीसहित पतञ्जली आयुर्वेद लिमिटेडका सिइओ बालकृष्ण आचार्य, कर्मचारी अनुराग वार्ष्णेय, बालविरसिंह तोमर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्च९निम्स०का अध्यक्ष तथा निर्देशक अनुरागसिंह तोमरविरूद्ध केही नागरिक तथा वकिल बलवीर झाखरले उजुरी दिएका हुन्।

Yeti Diistillery

गत मंगलबार रामदेव बाबाको पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको ुकोरोनिलु नामक औषधि पत्ता लगाएको दाबी गरेको थियो। तर उनले उक्त औषधि बनाउनका लागि आयुष मन्त्रालयसँग अनुमति नै नलिइ बनाएको खुलेको हो। आयुष मन्त्रालय भारतको आयुर्वेद तथा योग सम्बन्धीको मन्त्रालय हो ।

उक्त कम्पनीले औषधि निम्स अस्पतालसँग सहकार्य गरी जयपुरमा परीक्षण गरेको बताएको थियो। रामदेवले  कोभिड( १९ निको हुन्छ भनेर दाबी गरिएको औषधिको ट्रायलमा २८० बिरामी सहभागी थिए। उनीहरू सबै यो औषधि खाएर निको भएको बताइएको छ।

उजुरी परे पनि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छैन । मन्त्रालयले भने उक्त औषधिको प्रचारप्रसार गर्न बन्द गर्न निर्देशन समेत दिएको छ । 

प्रतिक्रिया दिनुहोस