काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने भएको छ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् ।
थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुंगो लागिसकेको छ भने केही स्थानमा भाडाको घरमा सशस्त्र प्रहरीले फौज राख्दैछ । चितवनको माडीमा पनि तीन ठाउँमा सशस्त्रको बिओपी रहने भएको छ । चितवनको माडी ६, माडी ९ र माडी १ मा सशस्त्रको बिओपी राखिने छ ।
गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी राख्ने तयारी भइरहेको छ । हालै सशस्त्रले चीनतिर हुम्लाको हिल्सा नाकामा पनि बीओपी स्थापना गरिसकेको छ । त्यसअघि सशस्त्र प्रहरीले एक सय ७ स्थापनामा बीओपी राखिसकेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरीलाई थप ५ सय वटा बीओपी राख्ने गरी खाका पेश गर्न भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान