सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, १२ : ५३
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ । 

शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो । 

यसैगरी तेजावी सुन आइतबार ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै शुक्रबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएपनि पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस