नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारी वर्षा र यसपछि परेको चट्याङ लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल, ट्वीटरमार्फत बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले ट्वीट गर्दै भन्नुभएको छ– अविरल वर्षा र यसपछिको चट्याङमा परेर धेरै नागरिकको ज्यान गएको समाचार सुनेर मलाई निकै दुःख लागेको छ । भारतको बिहार र उत्तर प्रदेशका कैयौँ जिल्लाहरुका लागि यहाँका मौसमविद्हरुले बिहीबार आगामी ७२ घण्टाको लागि मौसमी चेतावनी जारी गरेका छन् ।
भीषण वर्षा र हावाहुरी चल्ने चेतावनी दिइएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।
बिहीबारदेखि परेको भारी वर्षा र त्यसपछि आएको चट्याङबाट कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताइएको छ । अरु पनि कैयौँ नागरिक नराम्ररी घाइते भएका पनि बताइएको छ । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ असार २०७७, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओखलढुंगामा चट्याङले ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते