राजविराज । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एकरएक लाख दिने घोषणा गरेका छन् ।
प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले रु एकरएक लाख दिने घोषणा गरेको उहाँले राससलाई जानकारी दिनुभयो ।
चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । प्रदेश सरकारले मृतक परिवारलाई जनही रु एकरएक लाख राहतस्वरुप दिने निर्णय गरेको जानकारी दिँदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ । जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ असार २०७७, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्धग्रस्त गाजापट्टीमा अमेरिकाले पहिलोपटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत
पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत
आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने
रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका ५३ जनाकै परिवारलाई राहत वितरण