काठमाडौं । नेकपामा शक्ति संर्घष पेचिलो ढंगले अगाडी बढेको छ । बुधबारदेखि शुरु भएको स्थायी समितिमा प्रचण्डकै शब्दमा भन्ने हो भने फाइट टु फिनिस गर्नुपर्ने विषय धेरै छ । पूरानै विषय र एजेण्डाको गोलचक्कर मारिरहेको नेकपाले यसपटक पनि बैठकमा नयाँ एजेण्डा बोकेर ल्याएको त छैन, उही पूरानै दुई अध्यक्षको कार्यविभाजन, सरकारको समिक्षा, एक ब्यक्ति एक मुख्य जिम्मेवारी, विधान अनुसार पार्टी सञ्चालनका आन्तरिक विषय दोहोरिने छन् ।
एमसिसि पनि एक वर्ष यता नेकपाको बैठकमा गर्मागर्मी बहसका लागि एउटा गतिलो एजेण्डा बनेको छ । सरकार र एमसिसिका विषयमा प्रधानमन्त्री ओली लचिलो नबन्ने हो भने उनका लागि स्थायी समिति बैठक महँगो पर्ने देखिदैंछ । यो परिस्थितीका बीच स्थायी समिति बैठक शुरु भएपनि यसको बैठान कसरी गर्छन् नेताहरुले त्यसको प्रष्ट चित्र अध्यक्षद्धयसँग पनि छैन् । पहिले नेताहरुका कुरा सुनौं, त्यसपछि बैठक समापनका लागि कस्तो रणनीति अवलम्वन गर्ने भन्ने छलफल गरौंला भनेर बैठक नेताहरुले शुरु गरेका हुन् । खासगरी एमसिसिमा नेकपाले के निर्णय गर्ला ? सरकारको कामको समिक्षा बैठकले कसरी गर्ला ? भन्नेमै चासो सवैभन्दा बढी देखिन्छ ।
यसैमा दुई अध्यक्षको वार की पारको अवस्था छ । माधव नेपालको पनि प्रचण्डसँगै बोली मिलेको छ । उनी पनि एक ब्यक्ति एक जिम्मेवारीको अडानमा दरो उभिने संकेत देखिइसकेको छ । यो बेला नेताहरुले संयमता नअपनाउने र सुझबुझपूर्ण निर्णय नगर्ने हो भने नेकपा गल्र्यामगुल्लम ढल्न सक्ने आशंका नेकपाका नेताहरुले गरेका छन् । यो जेखिमतालाई कसरी दुर गर्ने भन्नेमा महासचिव विष्णु पौडेलको दौडधुप जारी छ ।
ओली पक्षधर पौडेल अहिले प्रचण्ड ओली मिलाउन निक्कै मेहनत गरिरहेका छन् । ओलीसँगको प्रचण्डको सम्वादहिनतामा पनि महासचिव पौडेल दुवै पक्षका दूतका रुपमा सन्देश आदानप्रदानका बाहक बन्न खोजिरहेका देखिन्छन् । अहिले पनि उनको दौडधुप कहिले खुमलटार, कहिले बालुवाटार र कहिले कोटेश्वर उत्तिकै मात्रामा भईरहेको छ ।
बिहिवार पनि उनले त्यस्तै निर्णयक दुई छलफलमा सहभागीता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो आजबाट स्थायी समिति बैठकमा नेताहरुलाई बोल्न दिने समय के कसरी म्यानेज गर्ने ? बैठक कति दिन सम्म चलाउने ? कस्ता विधि अवलम्वन गर्ने ? भन्ने दुई अध्यक्षको तिक्ततापूर्ण सम्बन्धका बीच चलेको छलफलमा मध्यस्थताका लागि महासचिव पौडेल सहभागी थिए । त्यसपछि प्रचण्ड र नेपाल बीचको छलफलमा पनि पौडेल पुगेर छलफल गरेको पौडेल निकट एक नेताले सफलखबरलाई बताए । प्रचण्ड र नेपालले अहिले केही छलफल गर्नुपरे आफ्ना निवास भन्दा बाहिर वालकुमारीमा रहेको नेकपा सांसद कृष्णलाल महर्जनको निवासलाई प्रयोग गर्ने गरेका छन् ।
आफ्नो निवासमा भेट गर्न आउने नेता कार्यकर्ताहरुको घुँइचोलाई छलेर निर्वाध छलफलका लागि पनि प्रचण्ड नेपालले बेला बेला बालकुमारीमा रहेको सांसद महर्जनको घरमा छलफल गर्ने गरेका थिए । बालुवाटारमा बैठक सञ्चालन कार्यविधि र समापनका विषयमा छलफल गरेर बाहिरिएका प्रचण्डसँग नेपालले भेट गर्न चाहे । त्यसपछि तय भएको थियो, बालकुमारीमा रहेको महर्जन निवासमा प्रचण्ड नेपालको भेटवार्ता । त्यही महासचिव विष्णु पौडेल पनि पछि पुगेका थिए ।
पौडेलले पार्टी विवाद तन्काउने भन्दा मिलाउने गरी जान के गर्न सकिन्छ भन्ने उपायमा छलफल दुई नेतासँग बसेर गरेको पौडेल निकट ति नेताले बताए । पौडेल अहिले विवादमा रहेको एमसिसिलाई तत्काल थाती राख्ने, एमसीसीसाग अनुमोदनका लागि समय माग गर्ने र केही समय लिएर नेताहरुले उठाएका विषयमा थप प्रष्टताको खोजी गरेर मात्र अनुमोदनमा जाने गरी विकल्पमा जानुपर्ने गरी मध्यमार्गी धारको प्रस्ताव ओली र प्रचण्ड सँग गरिरहेका छन् । उनकै सोही धारकै आधारमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुडले पनि अहिले विवाद हुन्छ भने थाती राखेर अगाडी जान सकिने धारणा सार्वजनिक गरिसकेका छन् ।
एक ब्यक्ति एक पदका विषयमा विगतमा भएका कार्याविभाजनमा धेरै नअल्झिन र अबका दिनमा त्यसमा चलाखीपूर्ण ध्यान केन्द्रीत गरेर जाने, सरकारका मन्त्रीहरु हेरफेरमा माधव नेपाल पक्षका असन्तुष्टिलाई सम्बोधन प्रयास गर्ने र सरकारलाई प्रभावकारी वनाउने विषयमा बहस गरेर त्यहीभित्र विकल्पको खोजीमा लाग्नु पर्ने गरी नेताहरु बीचको मिलनविन्दु पौडेल अहिले खोजीमा लागिरहेका छन् । भलैं, पौडेलले गरेका छलफल स्वंम ओलीले कति सुन्छन् ? त्यो भने बैठकको समापन सम्म कुर्नपर्ने देखिएको छ । तर पनि पौडेलले आफनो दौडधुपलाई रोकेका भने छैनन । त्यही क्रममा उनले बालकुमारी पुगेर माधव नेपाल र प्रचण्डसँग भेट गरेको उनी निकट नेताहरुको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०७७, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
सहिद परिवारको घरमा प्रचण्डको बास
माओवादी प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद
सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड
अभियानमा सहभागी हुन बाँके पुगे ‘प्रचण्ड’
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड