काठमाडौं । पाकिस्तानमा गत महिना ९७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको कारण मानवीय त्रुटी भएको पाइएको एक प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सो जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सो जहाजको दुर्घटना विमान चालक र एयर कन्ट्रोलका बीचमा समन्वय नभएको र मानवीय त्रुटी भएका कारण यस्तो भएको पाइएको हो ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान गत मे २२ मा पाकिस्तानको कराँची विमानस्थल नजिकैको मानव बस्तीमै खसेको थियो । जसका कारण केही घर पनि ध्वस्त भएका थिए । कराँची विमानस्थल नजिकैको बस्तीमा सो विमान खसेको थियो । त्यस विमानमा रहेकामध्ये ९७ जनाको ज्यान गएको र दुई जना भने बाँचेका थिए ।
पाकिस्तानका हवाई उड्डयन मन्त्री गुलम सर्वर खानले उक्त विमानका चालक र हवाई कन्ट्रोलर अधिकारीले हवाई उड्डयन सम्बन्धी मापदण्ड पालना नगरेका कारण जहाज दुर्घटनाग्रस्त हुन पुगेको कुरा प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए छ ।
पाकिस्तानका हवाई अधिकारीका साथै फ्रान्सेली अधिकारीहरु संलग्न अनुसन्धान टिमले सो प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो ।मन्त्री खानले उक्त विमानमा कुनै पनि प्राविधिक कारण नरहेको र अरु सबै पक्ष राम्रो देखिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० असार २०७७, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत