बाजुरा । बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो । अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० असार २०७७, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु