सुनको मूल्यमा वृद्धि, हालसम्मकै उच्च

सफल खबर संवाददाता

बुधबार, १० असार २०७७, १३ : ५३
सुनको मूल्यमा वृद्धि, हालसम्मकै उच्च

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ । 
यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस