प्रधानमन्त्री ओलीको नाम भजाउदै अकुत कमाउने मनोज पाण्डेको धन्दा, अझै रोकिएन

८ महिनामै मनोज पाण्डेको करोडौंको आम्दानी, संस्थामा भने मान्छे टिक्नै नसकेर कन्तविजोग

सफल खबर संवाददाता

बुधबार, १० असार २०७७, ०९ : ५४
प्रधानमन्त्री ओलीको नाम भजाउदै अकुत कमाउने मनोज पाण्डेको धन्दा, अझै रोकिएन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको आडमा एक समय सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएका मनोज पाण्डेको संस्था अचेल धरासायी हुदै गएको छ । आर्थिक रुपमा टाट पल्टेर उनको संस्था धरासायी भएको भने होइन, उनले संस्थाभित्र देखाउने ब्यवहार, संस्था देखाएर कमाउने धन्दासँग सहमत हुन नसकी कर्मचारी टिक्नै नसकेपछि उनको संस्थालाई एक पछि अर्काे धक्का लाग्न थालेको छ । 

संस्था धरासायी हुदै कर्मचारी टिक्नै नसकेपनि उनको लुटतन्त्र भने रोकिएको छैन् । विगत ८ महिनायता मात्रै पनि उनले करोडौं रकम आम्दानी गरेको रहस्य उनीसँगै काम गरेका र उनको धन्दालाई नजिकबाट बुझेकाहरुले बताउन थालेका छन् । कथा नेपाल र देखापढी डटकम अनलाइन सञ्चालन गर्दै आएका पाण्डेको रवैयाका कारण अहिले उनले संचालन गर्ने संस्थामा जो केही टिक्नै नसक्ने भएका छन् । उनको संस्थामा काम गर्न अहिले कोही जानै नचाहने र गएकाहरु पनि ४, ५ महिनामै वाहिरिने क्रम तिव्र छ ।

प्रधानमन्त्री ओलीको गुणगाण गाउने योजनाका साथ प्रमुख सल्लाहकार विष्णु रिमाल, ओलीका आइटी विज्ञ अलि असगर लगायतको साथमा पाण्डेले देखापढी अनलाइन सञ्चालन गर्दै आएका छन् ।  तर त्यहाँ पाण्डेलाई पत्रकार टिकाउनै मुश्किल परेको छ । व्यवसायिक पत्रकारिता भन्दा पनि ओलीको भक्तिगान मात्र गाउन लगाउने शैलीसँग सहमत नभएपछि हिमाल खबर पत्रिकाबाट सम्पादक बनाएर लगिएका रामेश्वर बोहोराले एक साता अगाडी मात्रै राजीनामा दिएका थिए ।  हुन त सञ्चालनमा आएको महिना दिन नपुग्दै त्यहा जोडिन पुगेका झण्डै आधा दर्जन पत्रकारहरुले संस्था छोडेर हिडेका थिए ।

अहिले अन्यत्र मिडियामा सञ्चारकर्मीहरु कोभिडका कारण रोजगारी गुमाउने चरणमा पुगेपनि देखापढीबाट भने पत्रकारहरु यस्तो संस्थामा काम गर्नु भन्दा जागिर छोडेर हिडनु नै स्वाभिमान बच्ने भन्दै जागिर छोडेर हिड्न थालेका छन् । सम्पादक रामेश्वर बोहोराले संस्था छोडेको एक साता नबित्दै हिमाल खबरबाटै देखापढी पुगेका तुफान न्यौपानेले पनि देखापढी छोडेका छन् । पत्रकारहरु टिकाउनै मुश्किल परेपछि अहिले पाण्डेले ओलीको भक्तिगान गाउने उदेश्यले खोलेको अनलाइनमा खेलकुद हेर्दै आएका अजय फूयाललाई सम्पादक बनाएर लगेका छन् ।

राजनीतिक विटमा काम गर्ने पत्रकारहरु उनको संस्थामा जानै नचाहेपछि पाण्डेले खेलकुद बिटमा कलम चलाउदै आएका फूँयाललाई सम्पादक बनाएर लगेका हुन् । फूँयाल पनि पाण्डेको धन्दामा कति समय टिक्ने हुन् ? अहिले त्यहाँ कार्यरत पत्रकारहरु चर्चा गर्न थालेका छन् ।   संस्थामा कर्मचारी टिक्नै नसक्ने समस्या देखिदा पनि पाण्डेले भने बालुवाटारको नाम भजाउदै करोडौं कमाउन सफल भएका छन् । उनले विगत ८ महिना यता करोडौं रुपैया आम्दानी गरेको देखापढीमा काम गर्दै आईरहेका एक पत्रकारले बताए । 

उनले आफनो अनलाइन र कथा नेपाल नामक संस्थामा सहयोगका लागि प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार रिमाल लगायतको नाम देखाएर आतंक मच्चाउने क्रम रोकेका छैनन् । एक समय सिंहदरबारका हरेक जसो मन्त्रालयमा डकुमेन्ट्रीका नाममा चर्काे चन्दा आतंक मच्चाएर पैसा कमाउन सफल भएका पाण्डेले अहिले भने नयाँ नयाँ शैली अवलम्वन गरेका छन् । केही समय अगाडी प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालकै निर्देशनमा राष्ट्र बैंकबाट हरेक बैंकलाई आर्थिक सहयोग गरिदिन निर्देशनात्मक चिट्ठी नै लेखाउन सफल भएका पाण्डेले कतिपय योजना बिना टेन्डर नै हात पार्न थालेका छन् । यसबाट उनले मनग्गे आर्थिक लाभ लिईरहेका छन् । 

केही समय अगाडी मात्रै सम्पन्न साफ गेमको प्रत्यक्ष प्रसारण गर्ने कामको जिम्मा उनकै संस्था कथा नेपालले पाएको थियो । झण्डै २० करोड माथीको रकममा उनको संस्थाले बिना टेन्डर प्रत्यक्ष प्रसारणको जिम्मा पाएको थियो । खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले पाण्डेको कम्पनीलाई टेन्डर बिनै प्रसारणको जिम्मा दिन ठाडो आदेश दिएपछि पाण्डेको संस्थाले प्रसारणको जिम्मा पाएको थियो । पाण्डेको धन्दामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल आफैले सिधा सहयोगीको भूमिका निर्वाह गर्दै आईरहेका छन् । ओलीका हरेक जसो भिडियो सन्देश पनि उनै पाण्डेलाई गराउन लगाउने गरेका छन्, रिमालले । 

रिमालले मन्त्री, सचिव सम्मलाई समेत बालुवाटारमा बसेर सिधा रिपोर्टिङ लिने र आफै निर्देशन दिने सम्मको काम गरेको भन्दै आलोचना हुदै आईरहेको छ । सिंहदरबारको छाँया सरकार उनले नै सञ्चालन गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । पार्टीका नेता कार्यकर्ता समेत रिमालले प्रधानमन्त्रीलाई सानो घेरामा मात्र बन्दी बनाएको भन्दै आलोचना गरिरहेका बेला रिमालकै आडमा पाण्डेले भने आर्थिक रुपमा भने लाभैलाभ पाएका छन् ।

पाण्डे तिनै ब्यक्ती हुन्, जसले ओलीसँग ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम पनि केही श्रृंखला चलाएका थिए । त्यही कार्यक्रममा प्रधानमन्त्रीसँग जोडिएको देखाएर उनले सिंहदरबारभित्रै हरेक मन्त्रालयले गरेका कामको डकुमेन्ट्री बनाउने पर्ने प्रस्ताव पठाएर मोटो रकम असुलीमा लागेका थिए । 

उनको असुली धन्दाको एक पछि अर्काे पोल खुल्ने र ब्यापक आलोचना बढ्न थालेपछि भने पाण्डेसँगको कार्यक्रम नै ओलीले बन्द गर्नुपरेको थियो । तर पनि पाण्डेले ओलीलाई देखाएर आफ्नोको कमाईको धन्दा भने नछोडेको बालुवाटार स्रोतको भनाई छ । उनको धन्दाका बारेमा अख्तियारमा समेत उजुरी परेको थियो । 
 

प्रतिक्रिया दिनुहोस