नेपालको २ गाउँ नै चीनले अतिक्रमण गर्‍यो

पत्रपत्रिकाबाट

बुधबार, १० असार २०७७, ०७ : ४७
नेपालको २ गाउँ नै चीनले अतिक्रमण गर्‍यो

काठमाडौँ । नेपालको उत्तरी छिमेकी चीनसँग वर्षौदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन । 

सरकारी अधिकारीहरुका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ । 

संवैधानिक तथा सरकारी निकायका प्रतिवेदनले दोलखाको उत्तरी भेगको ९९ रोपनी तथा हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा र रसुवाको ६४ हेक्टर रोपनी भूभाग वर्षौदेखि चिनियाँ अतिक्रमणमा रहेको उल्लेख गरेका छन् । 

चीनपट्टी पारिएका गोरखा र दार्चुलाका नेपाली गाउँको भने मापन नभएकाले कति क्षेत्रफल अतिक्रमण भयो भनेर प्रतिवेदनमा खुलाइएको छैन । कान्तिपुृर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस