कतारमा कोरोना संक्रमितको संख्या ८८ हजार नाघ्यो

मंगलबार, ०९ असार २०७७, २१ : ०५
कतारमा कोरोना संक्रमितको संख्या ८८ हजार नाघ्यो

दोहा । खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्यमन्त्रीले बताउनुभएको छ ।

उहाँले भन्नुभयो “सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ६९ हजार ९५६ निको भएका छन् । सोमबार थप एक सङ्क्रमितको मृत्यु भएको र मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९९ पुगेको छ ।”

 स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरूपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाब दिएको छ ।

लाखौँको सङ्ख्यामा एशियाली मुलुक नेपाल, भारत, पाकिस्तान बङ्गलादेश लगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कूल तीन लाख २४ हजार ५७० व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ । कतार र चीनले कोभिड–१९ विरूद्धको लडाईमा आपसी सहयोग आदानप्रदान गरेका छन् ।