जम्मु–कश्मिरमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

एजेन्सी

मंगलबार, ०९ असार २०७७, १७ : ०१
जम्मु–कश्मिरमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

एजेन्सी । भारत प्रशासित जम्मु–कश्मिरमा सोमबार पाकिस्तानले गरेको गोलाबारीमा एक जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ ।

भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ५ खज्र्याङ घर भएका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी मृत्यु भएको भन्ने खबर भारतीय सेनाबाट आएको उनको परिवारले जनाएको छ।

उनी सोमबार बिहान साढे ५ बजे तिर पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी गम्भीर घाइते भएका थिए । गोलाबारीमा परि गम्भीर घाईते भएका कार्कीको केही घण्टामै उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षिय कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्दै आएका थिए । कार्कीका ९० वर्षीय बुवा, श्रीमती २ छोरी र एक जना छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस