जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०८२, ११ : २५
जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु

काठमाडौं । भारतको जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । श्रीनगर–लेह राजमार्गमा पर्ने जोजिला दर्रा (पहाडको बीचबाट जाने बाटो) नजिकै हिमस्खलन हुँदा सात जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार दिउँसो जोजिला दर्रामा जिरो प्वाइन्ट र मिनीमार्गको भागमा हिमपहिरो गएको थियो ।

यो जम्मु–कश्मिर र लद्दाख जोड्ने राष्ट्रिय राजमार्ग हो । हिमस्खलनले कयौं गाडीहरू हिउँमा फसेका थिए । ‘उचाइमा रहेको बाटो भएर गाडीहरूको आवागमन भइरहेको थियो,’ बीबीसीको समाचारमा भनिएको छ, ‘त्यही समयमा ठूलो मात्रामा हिउँ तल खस्यो र कयौं गाडीहरू पुरिए ।’

प्रतिक्रिया दिनुहोस