मेडान, इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको वेपत्ता भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
अत्यन्त खराब मौसमको कारण उनीहरुको खोजी कार्य पनि कठिन भएको बताइएको छ । सो द्वीपको उत्तरपश्चिम तटीय क्षेत्रमा खराव मौसम र उच्च वेगमा आएको हावाको कारण सो दुर्घटना भएको बताइएको छ ।
स्थानीय खोजी तथा उद्धार निकायका अधिकारी बेङटेङ टेलाम्बुआनाले उद्धारकार्य प्रभावकारी नभएको एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । यसअघि पनि १६ जना माझी रहेका एक डुङ्गा दुर्घटनामा भएको थियो । नौ जनाको जिवितै उद्धार गरिएको थियो भने सात अझै बेपत्ता रहेका छन् ।
करिब १७ हजार द्वीपहरु रुहेका यस देशमा यहाँ डुङ्गा नैे एक प्रमुख सवारी सधान भएकोले बारम्बार डुङ्गा दुर्घटना भएको पनि पाइन्छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ असार २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु