तोलामा चार सयले घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०७७, १२ : ५५
तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य हिजो सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज रु ९० हजार ६०० कायम भएको छ । त्यस्तै एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ । 

चाँदी प्रतितोला रु ९४० मा खरिदबिक्री भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस