श्रम स्वीकृतिको बाटो खुल्यो

पत्रपत्रिकाबाट

मंगलबार, ०९ असार २०७७, ०८ : १६
श्रम स्वीकृतिको बाटो खुल्यो

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेसँगै श्रम स्वीकृति दिनका लागि बाटो खुलेको हो । श्रम स्वीकृति यो दिनदेखि दिने भन्ने कुनै निर्णय भएको छैन । यो निर्णय गर्ने अधिकार सीसीएमसीले श्रम मन्त्रालयलाई दिएको छ ।

सरकारले कोरोना महामारीका कारण विगत तीन महिनादेखि रोकिएको वैदेशिक रोजगारी जानेको श्रम स्वीकृति मन्त्रालयले मापदण्ड बनाएर खुला गर्न सक्ने निर्णय गरेको छ । सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने जनाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस