सामाजिक संजालमा किन ट्रोल भईन् बलिउड नायिका सोनम कपुर..

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, ११ : ३५
सामाजिक संजालमा किन ट्रोल भईन् बलिउड नायिका सोनम कपुर..

एजेन्सी । बलिउड नायिका सोनम कपूर एउटा ट्वीटका कारण सामाजिक संजालमा ट्रोल भएकी छन् । ट्वीट गरेकै कारण उनले धेरै आलोचना खेप्नुपरेको छ । सन्दर्भ हो, हिजो फादर्स डेको अवसरमा गरिएको ट्वीटलाई लिएर । 

टवीटरमा उनले पितालाई समर्पित गर्दै ट्वीट गरेकी थिइन्, ‘आज फादर्स डे को अवसरमा म तपाईँहरुलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु । मलाई प्रिभिजेज अर्थात विषेशाधिकार मिल्यो । यो कुनै अपमानको कुरा होइन । मलाई यो सबै दिनका लागि मेरो पिताले कडा मेहनत गर्नु भएको छ । यो मेरो कर्म हो कि कहाँ जन्मिए र कुन परिवारमा जन्मिए । मेरो पिताको छोरी हुनुमा मलाई वर्ग छ ।’

प्रतिक्रिया दिनुहोस