अस्ट्रेलियाबाट फर्केनेलाई तिराइयो महँगो शुल्क

पत्रपत्रिकाबाट

सोमबार, ०८ असार २०७७, ०७ : ०१
अस्ट्रेलियाबाट फर्केनेलाई तिराइयो महँगो शुल्क

अस्ट्रेलिया । अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी भीम न्यौपानेले सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गरे ।

आफूहरू स्वयंसेवककै रूपमा कुनै फाइदा नलिई सहयोग गर्न तयार रहेको भन्दै नेपाल वायुसेवा निगमलाई दुई पटकसम्म इमेलसमेत गरे । उनले एनआरएनमार्फत दूतावासलाई समेत सरकारले तोकेको भन्दा सस्तो भाडामा उडाउन सकिने भन्दै जानकारी गराए । न उनको निगमका अधिकारीसँग सम्पर्क नै हुन सक्यो न निगमले इमेलको उत्तर पठायो ।

सिड्नीबाट एक दशकदेखि यस्तै व्यवसाय गर्दै आएका अर्का व्यवसायी इर्साद अहमदले समेत सरकारले तोकेको भन्दा ५ सय डलर कम रकममा नेपाली नेपाल फर्काउन सकिने भन्दै एनआरएनमार्फत दूतावासलाई जानकारी गराए । तर उनको आग्रहबारेमा समेत उनले कुनै प्रतिक्रिया पाएनन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस