सिजी मोबाइल्सद्वारा ओमेगा ३ र ब्लेज एन अनावरण

सोमबार, १४ फागुन २०७४, १६ : ३२
सिजी मोबाइल्सद्वारा ओमेगा ३ र ब्लेज एन अनावरण

काठमाडौं । सिजी मोबाइल्स प्रालिले बजेट सेगमेन्टको दुई नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक गरेको छ । सो कम्पनली भर्खरै ती स्मार्ट फोनहरु बजारमा सार्वजनिक गरेको हो । ओमेगा ३ बेजेल लेस डिस्प्ले र १८ः९ डिस्प्ले रेसियोका साथमा आउँछ जसको अकल्पनिय मूल्य रु.७,८४९ रहेको जनाइएको छ । ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियो, प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्दछ । ओमेगा ३ यो सेगमेन्टको पहिलो स्मार्टफोन हो जसमा १८ः९ इन्फिनिटी डिस्प्ले राखिएको छ ।

कम्पनीका अनुसार ओमेगा ३, ड्यूल सिम भएको स्मार्टफोन हो, जसमा नगेट ७.० मा आधारित रहेर सञ्चालन हुन्छ । यसमा १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर छ, जसमा १ जीबी र्यामका साथमा आउँछ । क्यामरातर्फ हेर्दा ओमेगा ३ मा ५ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि अग्रभागमा २ मेगापिक्सेलको ड्यूल फ्ल्याशसहितको क्यामरा छ । स्टोरेजका लागि ओमेगा ३ मा ८ जीबीको आन्तरिक स्टारेज छ, जसलाई माइक्रो एसडी कार्डको साथमा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

कनेक्टिभिटीका लागि थ्रीजी कनेक्टिभिटी, ब्लूटूथ, जी.पी.एस, र एफ.एम. रहेको छ । ओमेगा ३ को तौल १६३ ग्राम छ जसमा २,३०० एम.ए.एच. को शक्तिशाली ब्याट्री रहेको छ । यो स्मार्टफोनमा यू.एन. पपुलेसन फण्डको सहकार्यमा, युवा पुस्ताको लागि निकै उपयोगी मोबाइल एप खुल्दुली एप बिल्ट इन गरिएको छ । यो मोबाइल एप यौनिक तथा प्रजनन स्वास्थ्य र नेपालमा किशोरहरुको अधिकार प्रबद्र्धन गर्नका लागि उपयोगी रहेको कम्पनीको दाबी छ । त्यसैगरी उनीहरुको स्वास्थ्यको बारेमा सही सूचना सम्प्रेषण गर्दै स्वस्थ्य जीवनशैली उपयोग गर्न सहयोग गर्दछ ।

त्यस्तै अर्को स्मार्टफोन ब्लेज एन ड्यूल सिम ह्याण्डसेट हो, जसमा एन्ड्रोयड नगेट ७.० भर्सनमा सञ्चालन हुने जनाइएको छ । यो फोन १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसरका साथमा १ जीबीको र्यामसहित आउँछ । क्यामराका लागि, ब्लेज एनमा ८ मेगापिक्सेलको रियर क्यामरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान छ ।

यसमा स्टोरेज र कनेक्टिभिटीतर्फ, ब्लेज एन ओमेगा ३ को जस्तै फिचरहरु छन् । ब्लेज एन स्मार्टफोन बजार मूल्य रु.७,३४९ तोकिएको छ । दूबै स्मार्टफोनहरुमा गूगलद्वारा प्रमाणित एन्ड्रोयड प्रणाली उपलब्ध छ । कम्पनीका अनुसार फोनहरु देशभरि नै उपलब्ध छन् । सिजी मोबाइल्सका देशभर सर्भिस सेन्टरहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस