काठमाडौं । भ्रष्टाचारलगायतका विषयमा सुनुवाइ गर्ने विशेष अदालतले फरार भनिएका प्रतिवादीले आफूलाई कोरोना भाइरस नभएको प्रमाणित भएको कागजसहित उपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने भएको छ ।
लकडाउनको अवधिमा केही प्रक्रिया मात्र सुचारु राखेको विशेष अदालतले अब फरार भनिएका प्रतिवादीले आफूलाई कोरोना भाइरस नभएको कागजात लिई उपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने भएको हो ।
विशेष अदालतले फरार भनिएका प्रतिवादीहरू निवेदनका साथ हाजिर हुन आएमा हाजिर गराई बयान तथा थुनछेकको सुनुवाइ गर्ने गरी सूचना जारी गरेको हो । त्यसरी हाजिर हुन आएका प्रतिवादीले कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसै गरी अदालतले कुनै प्रतिवादीले आफ्नो मुद्दाको सुनुवाइका लागि निवेदन दिएमा त्यस्ता मुद्दाको प्रक्रिया पूरा गरी सुनुवाइ थाल्ने पनि उल्लेख गरेको छ । लकडाउनको अवधिमा सो अदालतले म्याद थप, आरोपत्रहरू दायर गर्ने, आरोपपत्र साथ उपस्थित भएका बयान तथा थुनछेक गर्नेलगायतका कार्यहरू गर्दै आएको थियो ।
हाल थप भएका कार्यहरूमा रजिस्ट्रारले गरेका आदेश उपरको निवेदनमा सुनुवाइ गर्ने पनि रहेका छन् । कसैले राखेका धरौटी फिर्ता पाउन माग गरेमा सो प्रक्रिया पूरा गरी मागबमोजिम गर्ने कार्य पनि सुचारु भएको सो अदालतले उल्लेख गरेको छ ।
विशेष अदालतले पूर्ण लकडाउनको अवधिमा दिइरहेको सेवालाई कायम राखी थप गरिएका चारवटा सेवा पनि सुचारु गर्ने भएको जानकारी गराएको हो । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ असार २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलनाको प्रतिवेदन सुनुवाई गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर