लगानी बोर्डद्धारा १ खर्ब ८५ अर्ब ४३ करोडका ७ वटा आयोजनाको लगानी स्वीकृत

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, ११ : १५
लगानी बोर्डद्धारा १ खर्ब ८५ अर्ब ४३ करोडका ७ वटा आयोजनाको लगानी स्वीकृत

काठमाडौं ।  १ खर्ब ८५ अर्ब ४३ करोडका ७ वटा आयोजनाको लगानी स्वीकृत भएको छ । लगानी बोर्डको शुक्रबारको बैठकले ५ वटा हाइड्रोपावर र २ वटा सिमेन्ट उद्योगको लागनाी स्वीकृत गरेको लगानी बोर्डको सचिवालयले जनाएको छ । 

स्वीकृत भएका लगानीमध्ये कुल ५९१.२ मेगावाट क्षमताका ५ वटा हाइड्रोपावर कम्पनीको लागि हो भने बाँकी २ वटा सिमेन्ट उद्योगको लागि हो । कुल लगानी रकममध्ये १ खर्ब ३७ अर्ब ५३ करोड रुपैंया बराबर लगानी हाइड्रोपावरमा तथा बाँकी ४७ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी सिमेन्ट उद्योगको लागि स्वीकृत गरिएको हो । 

हाइड्रोपावरअन्तर्गत ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी हाइड्रोपावर–२ का लागि ७८ अर्ब ६५ करोड, ४२।९ मेगावाट क्षमताको आँखुखोला हाइड्रोपावरका लागि ६ अर्ब ३० करोड, ५७।३ मेगावाट क्षमताको म्याग्दीखोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड, ९७।२ मेगावाटको इसुवाखोला हाइड्रो इलेक्ट्रिकका लागि १३ अर्ब ९७ करोड तथा १६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावरका लागि २८ अर्ब ३० करोडको लगानी स्वीकृत भएको हो । 

सिमेन्टतर्फ दाङ सिमेन्ट परियोजनाका लागि ३२ अर्ब ५० करोड तथा सम्राट सिमेन्टका लागि १५ अर्ब ५ करोड रुपैयाँको लगानी स्वीकृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस