दुई साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०७७, १० : २२
दुई साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको दुई साताभित्रै मन्त्रिपरिषद् पूर्नगठन गर्ने भएका छन् । ओलीले त्यसकालागि भित्री तयारी गुपचुप रुपमा गरिरहेको बालुवाटार स्रोतले बताएको छ । मन्त्रिमण्डल पूर्नगठनका विषयमा प्रधानमन्त्रीले विभिन्न विकल्पमा रहेर छलफल गरिरहेको स्रोतले बताएको छ । 

ओलीले रिक्त दुई मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने की, पहिलो चरणमा मन्त्री भएकालाई बिदाई गरेर बाँकी रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै नयाँ केही मन्त्री थप गर्ने की, एक, दुई जना मन्त्रीलाई मात्र राखेर अन्य सबैलाई बिदाई गरेर नयाँ मन्त्रिमण्डल गठन गरेर जाने की भन्नेमा प्रधानमन्त्री अहिले तयारीमा रहेको बालुवाटार स्रोतले बताएको छ । 

संसदको अहिले जारी बजेट अधिवेशनको अन्त्य सम्ममै मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री छन् । संसदले एमसीसीका विषयमा औपचारिक निर्णय लिएसँगै संसद अधिवेशन अत्य गर्ने योजना सरकारको छ । त्यसो हुँदा १६ असारभित्रै एमसीसीको विषयमा संसदले कुनै न कुनै निर्णय लिनुपर्ने बाध्यता छ । एमसीसीले १६ वैशाखसम्म यस विषयमा अनुमोदन संसदले गरिसक्नुपर्ने पूर्व शर्त अगाडी सारेको छ ।

अहिले सूचना तथा सञ्चार प्रविधि र सहरी विकास मन्त्रालय रिक्त छ । सञ्चारको जिम्मा अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाले पाएका छन भने सहरी विकासको जिम्मा भौतिक पूर्वाधार मन्त्री रहेका वसन्त नेम्वाडले सम्हालिरहेका छन् । ७० करोड घुस माग गरेको अडियो प्रकरणमा ओलीका अति विश्वासपात्र गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालय रिक्त छ । 

उता तत्कालिन समाजवादी पार्टी (अहिलेको जनता समाजवादी) सरकारमा रहेका बेला समाजवादीका मोहम्मद इस्तियाक राईले सम्हालेका थिए । तर समाजवादीले सरकारबाट बाहिरिने निर्णय गरी बाहिरिएपछि उक्त मन्त्रालय अहिलेसम्म रिक्त छ । त्यहा नेकपाका रामविर मानन्धर सहरी विकास राज्यमन्त्री छन् ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लहकार विष्णु रिमालले पनि प्रधानमन्त्री संसदको यही अधिवेशनको अन्त्य सम्म मन्त्रिमण्डल हेरफेर र बिस्तारमा लागेको खुलासा गरेका छन् । उनले एक अनलाइनलाई दिएको अन्र्तवार्तामा त्यस्तो कुराको खुलासा गरेका हुन् । 

उनले उक्त अन्र्तवार्तामा भनेका छन्, दुईटा मन्त्रालयमा त मन्त्री थपि नै हाल्नुहुन्छ होला । बजेट, नीति कार्यक्रम सकिएको छ । संसदको अन्त्यसम्ममा सम्भवतः दुईटा मन्त्री थपिएलान् । अरु चाहिँ अब प्रधानमन्त्रीले के मूल्यांकन गर्नुभएको छ, हाम्रो तहमा केही पनि सेयरिङ भएको छैन् । रिमालको यो संकेतले पनि प्रधानमन्त्रीले अबको दुई साताभित्रै मन्त्रिमण्डल पूर्नगठन गर्ने तयारी गरेको प्रष्ट संकेत गर्छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण सरकारले एमसीसीका विषयमा संसदमा निर्णय लिने बित्तिकै संसद बैठक रोक्न चाहेको छ ।

जसकाकारण अबको दुई साताभित्रै संसद बैठक अन्त्य भईसकक्ने गरी सरकारको तयारी छ । मन्त्रिमण्डल पूर्नगठन गर्दा अब उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतका विषयमा पनि प्रधानमन्त्रीले पूर्न मूल्याकन गर्ने तयारी छ । अर्थमन्त्री खतिवडा अहिले गै¥ह सांसदका रुपमा मन्त्रिपरिषद्मा छन् । उनको सांसद पद गत फागुनबाट सकिएको छ । संविधानतः कुनै पनि ब्यक्तिले ६ महिनासम्म गैह सांसदका रुपमा मन्त्री हुन पाउनेछन, तर उसले सांसद बनेको ६ महिनाभित्र संघीय संसद अन्र्तगतको कुनै पनि सदनमा सांसदको रुपमा प्रवेश भने गरिसकेको हुनुपर्ने  ब्यवस्था छ ।

यस अर्थमा डा. खतिवडाले क्याबिनेटमा बस्ने सम्वैधानिक अधिकारका लागि पनि अबको दुई महिनाभित्र कुनै न कुनै रुपमा सांसद पदमा पुगिसकेको हुनुपर्नेछ । तर उनलाई अब अर्थमन्त्रीको रुपमा दोहो¥याउने पक्षमा ओली नरहेको स्रोतले बताएको छ । उनीसँग नेकपाका अन्य नेताहरु पनि सन्तुष्ट छैनन् ।  त्यस्तै कोभिड १९ रोकथाम र नियन्त्रणका  लागि सरकारले जिम्मा दिएका थियो, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई । तर उनी स्वास्थ्य सामग्री खरिद प्रकरण देखि अन्य आर्थिक विषयमा समेत विवादमा मुछिएका छन् । उनले उल्लेख्य मात्रामा काम गर्ने भन्दा आर्थिक विषयमा मात्र चासो र चिन्ता राखेको भन्दै आलोचना चर्काे छ ।

त्यसमाथी उनको भूमिकामा प्रधानमन्त्री समेत असन्तुष्टि भएपछि उनलाई पनि प्रधानमन्त्रीले अबको मन्त्रिमण्डल हेरफेरमा समेटने विषयमा शंका उत्पन्न भएको बताईएको छ ।  बालुवाटार स्रोतका अनुसार, ओलीले अहिले क्याबिनेटमा रहेका योगेश भटटराई, प्रदीप ज्ञवाली बाहेक अन्यलाई हेरफेर गर्ने की भन्ने विषयमा पनि आन्तरिक छलफल गरिरहेका छन् । उनले पार्टीभित्रको विवाद निरुपण गर्न र आफुलाई सहयोगीको भूमिकामा ल्याउनका लागि उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधान तथा गौतमले रोजेका अन्य कुनै मन्त्रालय दिएर भित्रयाउने की भन्नेमा पनि छलफल गरिरहेका छन् । तर उनलाई मन्त्री बनाउदा सम्वैधानिक रुपमा उठन सक्ने कानुनी जटिलताका विषयमा पनि उनले कानुनविदहरुसँग समेत भित्री परामर्श गरेको स्रोत बताउँछ ।

गौतमलाई रिक्त राष्ट्रिय सभाको सदस्यमा मनोनित गरेर लैजाने की भन्ने विकल्पमा उनी देखिन्छन । प्रतिनिधीसभामा पराजित ब्यक्तीलाई यही प्रतिनिधीसभाको कार्यकाल रहदा राष्ट्रिय सभामा सासंद बनाएर मन्त्री बनाउन मिल्ने नमिल्नेमा पनि ओली छलफलमा रहेको देखिन्छ । मन्त्रिमण्डल हेरफेरमा तत्कालिन पार्टीका आधारमा फेरि पनि भागवन्डा हुन सक्ने पनि देखिएको छ । यसो गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटट, गृहमन्त्री रामबहादुर थापाका विषयमा पनि मन्त्रीमा दोहोरिने नदोहोरिने विषयमा केही निर्णय हुन सक्ने बताइन्छ ।

दाहाल दुवैले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामुहिक भेटघाट गरेका थिए । मंगलबार दाहालले बालकुमारी स्थित कृष्णलाल महर्जनको निवासमा वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका थिए । बुधबार दाहालले बिहान गृहमन्त्री रामवहादुर थापासँग आफ्नै निवास खुमलटारमा, दिउँसो उपाध्यक्ष वामदेव गौतमको निवासमा गौतमसँग, सभामुख अग्नि सापकोटाको निवास लैनचौरमा सभामुखसँग र साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।    

प्रतिक्रिया दिनुहोस