काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४ औं राष्ट्रिय महाधिवेशन शुरू भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन आगामी तीन दिनसम्म जारी रहनेछ ।
त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बताए ।
राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले युवा र विद्यार्थी सङ्घसङ्गठनले युवाका विषयमा एकजुट हुनुपर्नेमा जोड दिए । अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरूको सङ्गठनले प्रतिवाद गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली
पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउँछ : प्रधानमन्त्री ओली
स्वदेशमै केही हुन्छ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री ओली
धुलिखेल अस्पतालको ‘ट्रमा एन्ड इमर्जेन्सी सेन्टर’को प्रधानमन्त्री ओलीले गरे शिलान्यास