काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरेको ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गरेका छन्।
राखेपले खेलाडीलाई नियमित रूपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको रूपमा नेसनल हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।
सेन्टरमा एकै पटक एक सयभन्दा बढी खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ उपकरण राखिएको छ ।
अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट ल्याइएको हो । उपकरणहरूमा एक्स बडी मशिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मशिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।
उक्त उपकरणले खेलाडीमा देखिएको समस्या र कमीकमजोरी पत्ता लगाउन सहयोग पुग्ने राखेपको विश्वास छ । उद्घाटन अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली