काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण ३, ४ दिन यता नेपालमा पनि ह्वात्तै बढ्दो क्रममा रहेको छ ।
पछिल्लो २४ घंटा बुधबार एकैदिन ५ सय ८६ संक्रमित थपिए । ७३ नेपालको ७३ जिल्लामा रहेको कोरोनाको संक्रमण विहीबार विहान मनाङका एक जनामा देखिएसंगै संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ ।
७४ जिल्लामा संक्रमण देखिएपछि अब नेपालका ३ जिल्लामा मात्र यसको संक्रमण देखिएको छैन् । ति तिन जिल्ला कुन कनु हुन त ? प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा मात्र अहिलेसम्म संक्रमण देखिएको छैन । मनाङमा देखिएका संक्रमित स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो ।
उनी हालै कपिलवस्तुबाट मनाङ गएको जनाइएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा ओखलढुंगा मात्रै कोरोनाले नछोएको जिल्ला हो । १३ जिल्ला रहेको बागमती प्रदेशमा रसुवा मात्रै अहिलेसम्म कोरोनाबाट जोगिएको छ । कोरोना संक्रमित नदिखिएको अर्को गण्डकी प्रदेशको मुस्ताङ हो । गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० वटा जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा ७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०७७, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि