उच्चस्तरीय समन्वय समिति निष्कृय , मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

पत्रपत्रिकाबाट

विहीबार, ०४ असार २०७७, ०७ : ०९
उच्चस्तरीय समन्वय समिति निष्कृय , मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौँ । कोरोना (कोभिड–१९) भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति निष्कृय भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा बनेको उक्त समितिले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई निष्क्रिय बनाएका हुन्।

प्रधानमन्त्री ओलीले गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा सो समितिले सन्तोषजनक काम गर्न नसकेको गुनासो गर्दै निष्क्रिय पार्ने निर्णय गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले पोखरेल संयोजकत्वको उक्त समितिले काम गर्न नसकेको भन्दै कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सक्रिय बनाउने निर्णय गरेका थिए।

त्यसका लागि सिसिएमसीमा तीन मन्त्रीलाई थप गरिएको थियो। प्रधानमन्त्री ओलीले बैठकमा उच्चस्तरीय समन्वय समिति निष्क्रिय पार्नुका साथै दुई वर्ष पुगेका मन्त्रीहरुलाई सरकारबाट बिदा गर्ने संकेतसमेत गरेका थिए।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस