सुदुर पश्चिम भ्रमणमा प्रधानसेनापति थापा

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, १० : ५८
सुदुर पश्चिम भ्रमणमा प्रधानसेनापति थापा

file photo

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा हालै सुदुर पश्चिममा सिमा सुरक्षाको लागि स्थापना गरिएको छाङरुङको क्याम्प भ्रमणका लागि निस्केका छन् । 

थापा सुदुर पश्चिम पृतना अन्य स्थानको भ्रमणका लागि बुधबार बिहान हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। निरीक्षणका क्रममा थापाले दार्चुलास्थित सेनाको गुल्म, हालै सञ्चालित छाङरुङस्थित सशस्त्र प्रहरीको व्यास क्याम, नेपाली सेनाद्वारा निर्माणाधिन घाटेबगरको चार सय ५० मिटर घोडेटो बाटोको पनि निरीक्षण गर्नेछन्।

बिहान साढे सात बजे उडेका थापाको धनगढी हुँदै प्रदेशको नेपाली प्रहरी प्रमुखलाई लिएर दार्चुला पुग्ने, त्यहाँ सुरक्षा समितिका पदाधिकारीसँग छलफल गर्ने, सेनाको गुल्मका प्रमुख, सिडिओ लगायतलाई लिएर छाङरुङ क्षेत्रमा निरीक्षण भ्रमण गर्ने योजना छ। निरीक्षण भ्रमण सकेर धनगढीमा मुख्यमन्त्रीलगायतसँग छलफल गरी बिहीबार काठमाडौँ फर्कने बताईएको छ ।