काठमाडौं । नेपाल र भारतका बीच सीमा बिबाद चर्किदै जाँदा द्धिपक्षिय राजनीतिक तथा कुटनीतिक सम्वाद हुन सकेको छैन् । भारतले अहिले तत्काल नेपालसँग वार्ता नगर्ने रणनीति बनाएपछि दिपक्षिय वार्ता हुन सकेको छैन् । भारत अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग चिढिएको छ । जसकाकारण दुई देशका प्रधानमन्त्रीको तहमा हुन लागेको अनौपचारिक टेलिफोन वार्ता पनि रोकिएको छ ।
यही बेला प्रतिपक्षी काँग्रेसका नेता देखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सम्मले आवश्यक परे आफुहरुले भारतसँगको सम्वादका लागि भूमिका खेल्न पहल गर्न सक्ने बताईरहेका छन् । तर त्यसका लागि सरकारले आफुहरुलाई आवश्यक पहलका लागि आग्रह गर्नुपर्ने धारणा काँग्रेस नेता डा. शेखर कोइराला र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको छ ।
मोदीलाई नेपालसँगको सम्बन्ध बिगारेको र नेपालले वार्ताका लागि गरिरहेको आग्रहलाई अटेर गरेका कारण दुई देशको सम्बन्धमा चिसोपना ल्याएको भन्दै भारतमै मोदीको आलोचना भईरहेको छ । यस्तो बेला दबाब बढाउन सकिए वार्ता हुन सक्नेमा नेताहरु देखिएका छन् ।
दुई देशबीच वार्ताको विकल्प नरहेको भन्दै वार्ता र सम्वादका लागि दुवै देशका सरकारलाई दबाब बढाउनु पर्ने पनि नेताहरुका भनाई छन् । ‘दुई देशबीच देखिएको समस्याको समाधान वार्तामार्फत नै गर्नुको विकल्प छैन,’ डा. कोइरालाले भने, ‘सरकारी स्तरमा वार्ता गर्न संभव नभए अब कांग्रेसले कुटनीतिक वार्ताको पहल गर्नुपर्छ ।’
अब दुई देशका परराष्ट्र सचिव स्तरको वार्ता औचित्यहिन हुने पनि कोइरालाको भनाई छ । सम्वाद गरी समस्या समाधानका लागि अब कुटनीतिक र राजनीतिक तवरमा उच्च्स्तरकै वार्ता गर्नुपर्ने उनको भनाई छ । सम्बन्ध धेरै बिग्रिएको छ, अव सचिव स्तरमा वार्ता गर्ने कुराले समस्या समाधान गर्दैन, कोइरालाले भने, अव वार्ताको लागि उच्चस्तरमा कुटनीतिक तथा राजनीतिक सम्वाद गर्नुपर्छ ।
सरकारले सम्वादको वातावरण बनाउन नसकेको भए काँग्रेसले पहल गर्ने उनको भनाई थियो । ‘हामी पहल गरिदिन तयार छौं, सरकारले वातावरण बनाउन नसकेको भए, डा. कोइरालाले भने, त्यसका लागि पहिले सरकारले हामीलाई सहयोगको आग्रह गरोस ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०७७, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिष्टाचार केपी ओलीको आँखाबाट : जहाँ कुर्सीले बोल्छ, व्यवहारले व्याख्या गर्छ
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री ओली
'माउन्ट एभरेस्ट'सँग सगरमाथाको कुनै साइनो छैन : प्रधानमन्त्री
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट