आज दिनभरको मौसम कस्तो रहला ? केही स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, ०८ : ३७
आज दिनभरको मौसम कस्तो रहला ? केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदलीको अवस्थामा रहनुका साथै मनसुनी गतिविधि पुर्व देखि क्रमशः पश्चिमसम्म पुग्ने क्रममा रहेको जनाएको छ ।  जुन १२ मा भित्रएको मनसुन हाल गण्डकी प्रदेशसम्म पुगेको र अबको केही दिनभित्र सुदूरपश्चिमसम्मै पुग्ने मौसमविद मिनकुमार अर्यालले बताएका छन् ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहेको छ । पश्चिममा भने पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदलीको अवस्था छ । केही भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश ५ का केही स्थानमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने मौसमविद अर्यालले जानकारी दिए । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्न सक्ने छ । राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश ५ का केही स्थानमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस