काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो शैक्षिक सत्र प्रभावित हुन नदिन सरकारले विद्यालय सिकाईको वैकल्पिक कार्यक्रम शुरु गरेको बताएका छन् ।
आज टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले यो कार्यक्रमलाई अवसरको रुपमा प्रयोग गर्न विद्यार्थी, भाईबहिनीसंग अपिल गरेका छन् । सम्बोधन गर्दै उनले रेडियो पहुँच हुने स्थानमा रेडियो, टेलिभिजन पहुच भएको स्थानमा रेडियो र कम्प्युटर, अनलाईन भएको स्थानमा वैकल्पिक सिकाई सामग्रीको माध्यमबाट पठनपाठन गर्न आग्रह गरेका छन् । अहिलको सिकाई प्रविधिलाई अवसरको रुपमा बुझ्न आग्रंह गर्दै उनले यसलाई नयाँ अवसरको रुपमा बुझ्नुपर्नेमा जोड दिए ।
कोरोना महामारीका कारण नियमित पठनपाठन रोकिएका बेला वैकपिल्क सिकाई प्रविधिको प्रयोगलाई महत्व दिएको भन्दै उनले देशभरका ३२०० भन्दा बढी विद्यालय क्वारेन्टिनस्थलका रुपमा रहेका बेला वैकल्पिक सिकाई प्रणालीले शैक्षिक सत्र नै प्रभावित हुने चिन्ता हटाउने बताए । विद्यार्थीको सिकाइमा थप क्षति नहोस् भन्नका लागि वैकप्लिक सिकाई प्रणाली सुरु गरिएको बताउँदै उनले अबको पुस्तालाई नयाँ प्रविधिमा अब्बल पुस्ताका रुपमा तयार पार्नुपर्ने बताए ।
‘मैले देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? भन्दै उनले अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीपछि रोकिएको शैक्षिक क्रियाकलापले अब एसईईको विकल्प खोज्नुपर्नेमा राज्यलाई उत्प्रेरित पारेको बताए । ओलीले भोलिको देशको कर्णधारलाई दुनियाँसँग प्रतिस्पर्धा गर्ने गरी तयार पार्नका लागि राज्यले प्रसस्त लगानी गर्ने र त्यसमा अभिभावक र विद्यार्थीले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले अबको पुस्ताले अधिकारका लागि लड्न नपर्ने भएकोले मुलुक बिग्रदैँ पो छ कि भन्ने चिन्ता लिन नपर्ने बताए ।
मुलुकमा गरिबी, विकास किन छैन भन्ने हिसाब केलाउन र पढाई त्यतै तर्फ केन्द्रित गरे प्रतिफल आउने गरि अध्ययनमा जोड दिन आग्रह गरे । उनले सफल हुनका लागि ईमान्दार हुनुपर्ने र त्यसमा पनि सबैभन्दा पहिला आफु प्रति ईमान्दार आगं्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०७७, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन