भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ असार २०७७, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु