निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय

आइतबार, ३२ जेठ २०७७, १७ : ००
निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय

काठमाडौं । निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समिति सीसीएमसीले यो निर्णय गरेको हो । 

सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनहरुमा स्वास्थ्य मन्त्रालयले संक्रमितहरुको व्यवस्थापन गर्ने गरी आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक बजेट प्रदेश र जिल्लास्तरीय सीसीएमसीलाई दिइनेछ ।

प्रतिक्रिया दिनुहोस