पर्वतमा पहिरोले घर बगायो, तीनको मृत्यु, ६ जना वेपत्ता

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, ०७ : ३६

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित दुर्लुङ–ढकालथरमा शनिबार राति पहिरो भएको छ ।  पहिरोले २ घर बगाएको छ ।  यस्तै ३ को मृत्यु र ६ जना बेपत्ता बनेका छन् ।  जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै े बताए ।  

बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो ।  विहानबाट पुनः खोजी सुरु भएको कुस्मा नगरपालिका–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार साँझ ६ बजेदेखि करिब दुई घण्टा परेको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले घरमा रहेका पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिबाट पहिरो आएको छ । 

प्रतिक्रिया दिनुहोस