आइसोलेसनमा बसेका र प्रहरीबीच झडप

रासस

शनिबार, ३१ जेठ २०७७, २० : १२
आइसोलेसनमा बसेका र प्रहरीबीच झडप

फाईल फोटो

काठमाडौँ । जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा चार जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन  माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो । 

महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पिसिआर र आरडिटि पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन् । 

आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुरवलीले बताउनुभयो । प्रहरीको कुटाइबाट एक घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन् । उहाँहरु चारलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।

त्रिभुवन  माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजेटिभलाई राखिएको छ । केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टिनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस