पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पूर्वगृहमन्त्रीमाथि बलात्कारको आरोप

एजेन्सी

शुक्रबार, ३० जेठ २०७७, १० : ४२
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पूर्वगृहमन्त्रीमाथि बलात्कारको आरोप

एजेन्सी । पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री देखि पूर्वगृहमन्त्री सम्मका  नेताहरु माथि यौन उत्पिडनको आरोप लगाएकी छन् । पाकिस्तानमा बस्दै आएकी अमेरिकी बल्गर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी छिन् । उनलको पाकिस्तानको विपक्षी दल पाकिस्तान पीपुल्स पार्टीका थुप्रै नेताहरुमाथि यस्तो आरोप लगाएकी हुन् ।

सिन्थियाले  फेसबुक लाइभ मार्फत पाकिस्तान पीपुल्स पार्टीको सरकारमा गृहमन्त्री रहेका रहमान मलिकले सन २०११ मा आफूमाथि बलात्कार गरेको र  सोही पार्टीका अर्का नेता तथा पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीले आफु माथि यौन जर्बजस्ती गर्न खोजिएको गम्भीर आरोप लगाएकी छन् ।

उनले दाबी गर्दै भनेकि छिन्–‘इस्लामाबादमा पाकिस्तानका राष्ट्रपति निवासमा गिलानीसँग भेट भएका बेला उनले जबरजस्ती गर्ने प्रयास गरेका थिए ।’ यता पिडित सिन्थियाले सोही पार्टीका पूर्व स्वासथ्य मन्त्री शहाबुद्दीनमाथि पनि जोर जबरजस्ती गरेको आरोप लगाएकी छन् । फेसबुक लाईभमा सिन्थियाले आफूमाथि भएका सबै घटनाहरुको बारेमा विस्तारमा जानकारी दिन सक्ने बताएकी छन् । तर यी सबै हिंसाका बारेमा भिडियोमा बताउँदा बालबाललिकाले पनि हेर्ने भएकोले त्यसो नगरेको उनको भनाई छ ।

उनले आफूमाथि भएको यो हिंसाबारे खोज पत्रकारिता गर्न चाहनेलाई विस्तारमा सबै कुरा बताउत तयार रहेको बताएकी छन् । आफ्नो फेसबुक पेजमा उनले लेखेकी छन्, ‘‘यो घटना पाकिस्तानको राजधानी इस्लामावादको मिनिस्ट्रियल एनक्लेवमा रहेको गृहमन्त्री निवासमा भएको थियो । यो सन् २०११ को घटना हो । त्यही दिन ओसामा विन लादेन अमेरिकी कमाण्डोबाट पाकिस्तानको एबटावादमा मारिएका थिए । मलाई लाग्यो गृहमन्त्रीसँगको भेटवार्ता शायद मेरो भिसाको विषयमा होला । तर मलाई फूल र यस्तो पेय पदार्थ दिइयो, जसमा नशालु औषधि मिसाइएको थियो । म चूप रहेँ किनभने पाकिस्तान पिपुल्स पार्टीको सरकारमा गृहमन्त्रीविरुद्ध उत्रिएर मलाई सहयोग गर्ने कोही थिएन ।’

उनले यसबारे आफूले अमेरिकी दूतावासका कर्मचारीसँग त्यतिबेलै जानकारी गराए पनि त्यतिबेलाको समय निकै खराब रहेको बताएकी छन् । उनले पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध पेचिलो रहेका कारण आफूमाथि भएको हिंसाको घटनामा कसैले चासो नदिएको बताएकी छन् ।

उनले त्यसपछि पाकिस्तानमा आफ्नो भेट एक शानदार व्यत्तिसँग भएको र उनीसँग आफ्नो इङ्गेजमेन्ट पनि भइसकेको जानकारी दिँदै भनेकी छन्, ‘आफूसँग भएका सबै कुरा दुनियाँलाई जानकारी देऊ भनेर उनले मेरो हौसला बढाए ताकि हामी एक युगलको रुपमा जिन्दगीलाई अगाडि बढाउन सकौँ ।’ तर यता अमेरिकी ब्लगर अमेरिकी ब्लगर सिन्थिया रिचीले लगाएका आरोपमा कुनै सत्यता नरहेको पाकिस्तान पिपुल्स पार्टीका नेताहरुले दाबी गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस