नब्बे हजार नजिक पुग्यो सुनको मूल्य

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, १५ : ५४
नब्बे हजार नजिक पुग्यो सुनको मूल्य

काठमाडौं । आज प्रतितोला सुनको मूल्य रु ८९ हजार ६०० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो । 

प्रतिक्रिया दिनुहोस