यातायात सेवा सुचारु गर्न छलफल

विहीबार, २९ जेठ २०७७, १२ : ५३
यातायात सेवा सुचारु गर्न छलफल

काठमाडौं । यातायात सेवा सुचारु गर्ने सम्बन्धमा यातायात व्यवस्था विभागले मजदूरहरुसँग छलफल थालेको छ । विभागले यातायात सम्बद्ध तीनवटै मजदूर संगठनसंँग कोरोनाभाइरसको जोखिमका बीचमा यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल गर्न लागेको हो ।

विभागले सबै संगठनहरु नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात व्यवसायी मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संघलाई छलफलमा बोलाइको छ । 
 

प्रतिक्रिया दिनुहोस