८०औँ दिनमा लकडाउन खुकुलो, यस्तो छ सरकारको योजना

पत्रपत्रिकाबाट

विहीबार, २९ जेठ २०७७, ०६ : ५१
८०औँ दिनमा लकडाउन खुकुलो, यस्तो छ सरकारको  योजना

फाईल फोटो

काठमाडौँ l कोरोना नियन्त्रण र रोकथामका लागि ७९औँ दिनसम्म कठोर लकडाउन गरेको सरकारले यसलाई खुकुलो बनाउने निर्णय लिएको छ । कतै आलोचना र कतै उल्लंघन हुन थालेपछि सरकारले यातायात, व्यापार–व्यवसाय र सरकारी कार्यालय खोल्ने निर्णय लिएको छ ।

उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले तीन चरणमा लकडाउन खुकुलो पार्ने योजना बनाएको छ, जसअनुसार पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गरिनेछ । जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालन गर्ने गरी जनजीवन सामान्यीकरण गर्न कृषि, उद्योग–व्यवसाय, रोजगारी, निर्माण र सेवालगायतका क्रियाक्रलाप क्रमशः खोल्दै जाने सरकारको नीति छ । नयाँ पत्रीका दैनिकमा खबर छ । 

लकडाउन टाइमलाइन
- पहिलो : ११ चैतदेखि १८ चैतसम्म
- दोस्रो : २५ चैतसम्म
- तेस्रो :  ३ वैशाखसम्म
- चौथो :  १५ वैशाखसम्म
- पाँचौँ  : २५ वैशाखसम्म
- छैटौँ  :  ५ जेठसम्म
- सातौँ :  २० जेठसम्म
- आठौँ :  ३२ जेठसम्म

प्रतिक्रिया दिनुहोस