काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने अनुमान छ ।
सरकारको लकडाउन सर्वसाधारणले क्रमशः उल्लंघन गरेपछि सरकार वाध्यभएर लकडाउन खुकुलो बनाउने रणनीतिमा लागेको छ । यद्यपी कसरी लकडाउन खोल्ने भन्नेमै सरकार हप्तौ अलमलिरहदा सर्वसधारणले आफै लकडाउनको उल्लंघन गर्दै सडकमा विरोधमा निस्कन थालेका हुन् ।
आजको क्याविनेट वैठकले त्यसको मोडालिटीका विषयमा निर्णय लिने सम्भावना रहेको एक मन्त्रीले बताए । यसका लागि ५ चरणको तयारीमा अहिले सरकारले छलफल गरिरहेको छ । मोडालिटी तयार पार्न उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा दिएको पनि हप्तौ वितेको छ ।
तर यसले मोडालिटी तयार पार्नमै अलमल गरेपछि सर्वसाधारणले सरकारी रवैयाको विरुद्दमा आवाज उठाउन थालेका छन् । आजको मन्त्रिपरिषद् वैठकले भने केही न केही मोडालिटी तय गर्ने तयारी गरेको एक मन्त्रीले वताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक