चीनको गुर्मु सिटीद्वारा भरतपुर महानगरपालिकालाई ठूलो संख्यामा स्वास्थ्य सामाग्री प्रदान

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १५ : ५८
चीनको गुर्मु सिटीद्वारा भरतपुर महानगरपालिकालाई ठूलो संख्यामा स्वास्थ्य सामाग्री प्रदान

चितवन । मित्रराष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ सामाग्री प्रदान गरेको छ । 

सो सामाग्री बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच जिन्सी शाखालाई प्रदान गर्दै प्राप्त स्वास्थ सामाग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिनुभयो ।

भरतपुर महानगरपालिका र चीनको गुर्मु सिटीबीच भगीनी सम्बन्ध कायम भएसँगै दुई नगरबीच विभन्न विषयमा दुई पक्षीय सहयोग आदान/प्रदान भैरहेको भन्दै यस विपदको अवसरमा यति ठूलो संख्यामा स्वास्थ सामाग्री प्रदान गरेकोमा गुर्मु सिटीको प्रमुख तथा गुर्मुवादी चिनियाँ जनतालाई धन्यवाद व्यक्त गर्नुभयो । 

विपदको अवस्थामा प्राप्त स्वास्थ्य सामाग्रीले दुई नगरकाबीच भएको भगीनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको बताउनुभयो ।

प्रमुख दाहालले गुर्मु सिटीले यस कोभिड– १९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघील्लो घेरामा खटीने कर्मचारीलाई प्रदान गरीने बताउँदै कोरोना रोगको पहिचान, रोकथाम तथा नियन्त्रणको लागि प्राप्त स्वास्थ्य सामाग्रीहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

भरतपुर महानगरपालिका कोराना– १९ विरुद्ध लडिरहेको बताउँदै प्रमुख दाहालले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण तथा सञ्चालन, पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनहरुको निर्माण र सञ्चालन साथै राहत वितरण कोरोना– १९ सँग बाच्न नगरवासीहरुलाई सूसुचित गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका कामहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुर्पयाँ बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको हो । 

सोमबार भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेश चन्द्र अधिकारीको नेतृत्वामा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगाएतका प्रतिनिधी मण्डलले नेपालचीन सिमाना तातोपानीको मितेरी पुलमा प्रदान गरेको थियो ।

सो अवसरमा गुर्मु सिटीका प्रतिनिधी चाङ्ग जिउ लिई लि ले भरतपुर महानगरपालिका र गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएसँगै दुई पक्षीय सहयोग आदानप्रदान हुँदै आएको भन्दै यस विपदको बेला कोभिड– १९ विरुद्ध लड्न सानै भएपनि स्वास्थ्य सामाग्री प्रदान गर्न पाउँदा गुर्मुबासीको तर्फबाट खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि आवश्यक सहयोग र सद्भाव कायमै रहने विश्ववास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस