काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा सिंगो संसद एकजुट भएकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले त्यो सभालाई असाधारण राष्ट्रिय एकता कायम भएको उल्लेख गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाधिनता, कोभिड १९ वा राष्टिय संकटका बेलामा राष्ट्रका सामु आएका साझा चुनौती समाना गर्न हाम्रो संसद जिम्मेवार र एकतावद्ध रहेको बताए । हिजोको घटनाले राष्ट्रिय संकटमा सबै एकजुट हुने सन्देश दिएको टिप्पणी गरे । उनले संसदभन्दा बाहिर पनि राष्ट्रिय एकता कायम भएकोमा बौद्धिक वर्ग, संघसंस्थाहरु लगायतलाई आभार प्रकट गरे ।
हाम्रा पुर्खाले लडेर यो देश बचाएका हुन्,आज हामी अडेर मात्र पनि राष्ट्रिय स्वाभिमान कायम गर्न सक्ने भन्दै प्रतिनिधिसभामा भएको राष्ट्रिय एकता सह्र्रानीय भएको उल्लेख गरे ।
उनले संसदमा पिसिआर परिक्षणको कुरा उठेको र पिसिआर परिक्षण नै नभएको सन्दर्भ प्रति लक्षित गर्दै परिक्षण किन नभएको करिब दैनिक ५ हजार परिक्षण भएको बताए । दिनमा दर्शौ हजार मान्छ भित्रिएको बेला परिक्षण सामग्री पनि नपाउनु ठुलो समस्या रहेको औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन