काठमाडौं । बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।
कोरोना भाइरस ९कोभिड(१९० को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका उनीहरु माथि पानीको फोहरा हानिएको हो । त्यस्तै १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज मंगलबार बिहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान