काठमाडौं । बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।
कोरोना भाइरस ९कोभिड(१९० को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका उनीहरु माथि पानीको फोहरा हानिएको हो । त्यस्तै १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज मंगलबार बिहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै ‘विप्लव’ समूहले गर्यो प्रदर्शन