सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ ।
दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुबै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।
केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले सम्पर्क संजालले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क संजाल बन्द गर्नुपरेको जनाएको छ ।
उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीबादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकाँक्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए ।
सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाई छ । पटक पटक बेलुन उडाइए पछि उत्तर कोरियाले दक्षिणसँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिइआएको छ । –एपी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ जेठ २०७७, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा