रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, १९ : २७
रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

फाईल फोटो

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन भएको छ ।  नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

समितिको अन्य कार्यविधि प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम हुनेछ । समितिको कार्यवधि कार्यप्रारम्भ भएको मितिले ३० दिनका लागि हुने छ ।

प्रतिक्रिया दिनुहोस